

एमालेको कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा गुलाबजंग शाह विजयी

काठमाडौं – नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष पदमा गुलाबजंग शाह विजयी भएका छन् ।
अधिवेशनमा कुल ६०४ मत खसेकोमा ३६९ मतसहित शाह विजयी भएका हुन् ।
शाहका निकटतम प्रतिस्पर्धी मीनबहादुर शाहीले २०७ र प्रकाश रोकायाले केबल ४ मत प्राप्त गरे ।

