

एमाले गण्डकी प्रदेश अधिवेसन आजबाट, ओली पाेखरा आउँदै

पोखरा – नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ ।
सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आई पुग्दैछन ।
अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालकाे तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘आज पोखरा आउँदै छु ।’
पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उद्घाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ ।
सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन् ।

