पोखरा विमानस्थलमा समस्या, काठमाडाैंबाट उडेका आकाशबाटै विमान फर्किए


काठमाडौं – त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि विमान पुनः काठमाडौं नै फर्किएका हुन् ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केका छन् ।

पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या आएको बताइएको छ ।

प्रतिक्रिया