एमालेको कर्णाली अधिवेशनमा मतदान जारी


सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । पटक पटक मतदानको समय साररेर सहमतीको प्रयास भएपनि सम्भव नभएपछि आज (आइतबार) २ बजेदेखि मतदान सुरु भएको हो ।

शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिएको थियो । तर शनिबारदेखि ६ पटकसम्म मतदानको समय सरेर अन्तिम पटक आइतबार दिउँसो १ बजेका लागि तोकिएको थियो ।

आइतबार पनि बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि १ बजेलाई सारिएको थियो । १० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरेर मतदान सुरु भएको अध्यक्ष मण्डलले जनाएको छ ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३० सदस्य चयन हुनेछन् । गत बुधबार सुरू भएको अधिवेशन अन्तर्गत शुक्रबार बन्द सत्र सम्पन्न भएको थियो । सहमतिको प्रयास सफल नभएपछि नेतृत्व चयनका लागि निर्वाचन घोषणा गरिएको थियो । एमाले प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन्

प्रतिक्रिया