रसुवाबाट एक किलो सुन बरामद


काठमाडौं  : प्रहरीले अन्दाजी एक किलो सुन बरामद गरेको छ।

शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले रसुवाबाट अन्दाजी एक किलो सुन बरामद गरेको स्रोतले बतायो।

यसमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न बाँकी रहेको भन्दै सिआइबीले परिचय खुलाएको छैन।

सिआइबीले नै केही दिन अघि मात्रै दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो। त्यसमा पनि केही व्यक्तिहरू पक्राउ परेका थिए।

 

 

प्रतिक्रिया