

एमाले बाग्मति प्रदेश अधिवेशन : कैलाशलाई समर्थन गर्दै केशवले लिए उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले) को बागमती प्रदेश प्रहिलो अधिवेशनमा उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन भएको छ।
पटक पटक प्रयासमा पनि सहमति हुन नसकेपछि आज दिउँसो निर्वाचनका लागि उम्मेदवारहरुको नामावलि प्रकाशन गरेको हो । प्रारम्भिक नामावलीअनुसार अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।
निवर्तमान अध्यक्ष रहेका केशवराज पाण्डेको नाम रातो रङले काटिएको छ । उनले उम्मेदवारी फिर्ता लिएकाले नाम काटिएको बताइएको छ।
उम्मेदवारी फिर्ता लिएका पाण्डेले आफ्नो समर्थन कैलाश ढुंगेललाई रहेको बताएका छन्। अब कृष्ण दाहाल, केशवबहादुर बुढाथोकी, कैशालप्रसाद ढुंगेल र सानुकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार बनेका छन्।
उम्मेदवारको अन्तिम नामावली अहिले दिउँसो ४ बजे प्रकाशन हुने र मतदान साँझ ६ बजेबाट सुरू हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
मतदान सकिएपछि आजै राति मतगणना हुनेछ ।

