एमाले कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा गुलाबजंग र मीनबहादुरले उम्मेदवारी दिने


सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको बन्द सत्र जारी छ । बिहीबार बिहान ११ बजे सुरु भएको बन्द सत्रमा प्रदेश अध्यक्ष बिनोद कुमार शाहले राजनीतिक र सचिव टेकराज पछाईले संगठनात्मक प्रतिवेदन पेस गर्ने छन् ।

प्रतिवेदनहरूमा बिहीबार दिनभर छलफल चल्ने र निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुनेछ । प्रदेशको नेतृत्व सकेसम्म सर्वसम्मतिबाट नै गर्न अध्यक्ष केपी शर्मा ओलीले बुधबार उदघाटन सत्रमा निर्देशन दिइसकेका छन् । तर एक भन्दा बढी आकांक्षी भएकाले निर्वाचन हुने निश्चित जस्तै देखिएको छ ।

एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेल समूहबाट गुलाबजंग शाहलाई अध्यक्षमा अघि सारिएको छ । त्यस्तै अर्का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी समूहबाट नेता मीनबहादुर शाहीलाई अध्यक्षको लागि अगाडि सारिएको छ । मीनबहादुरलाई प्रदेश अध्यक्ष विनोदकुमार शाहको समेत साथ रहेको एमाले स्रोत बताउँछ ।

प्रतिक्रिया