


८१ लाख बढि रकम भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत ४ जनाविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत राजस्व प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरी, प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्की र राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालसहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८र०७९ मा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ ढुङ्गा, ग्राभेल, बालुवा उत्खनन, सङ्कलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अङ्क कायम गर्ने निर्णय गरी नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा प्रतिवेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण वास्तविक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको ६१ लाख ९१ हजार २०४ रुपैयाँ २२ पैसा र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढङ्गले उत्खनन र बिक्री गर्न दिएको, प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याएको कारण माटो भरौटे र बलौटेको राजस्व १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा चुहावट भएको पाइएको छ ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत कार्कीले प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयसमेतलाई अनदेखा गरी बरुवा, त्रियुगा खोला र सुनकोशी नदीबाट नदीजन्य पदार्थ उत्खनन र बिक्री कार्यको लागि न्यूनतम ठेक्का कायम गर्न निर्णय–स्वीकृत गर्ने कार्यमा सहभागी भई रु। कार्कीले आफूसमेतले निर्णय र सम्झौता गरेको अख्तियारको दाबी छ ।
नदीजन्य पदार्थको उत्खनन र बिक्री कार्यको अनुगमन, सुपरिवेक्षणसमेतको कार्य गरी(गराई नदीजन्य पदार्थको दुरुपयोग तथा हानि नोक्सानी गरी राजश्व चुहावट हुन(गर्न नदिने तर्फ उपर्युक्त व्यवस्था समेत गर्नुपर्नेमा सो कार्य नगरी(नगराई ठेक्का नै नभएको माटो भरौटे र बलौटे समेतको १८ लाख, ४४ हजार, १ सय ७७ रुपैयाँ ९४ पैसा राजश्व चुहावट गरेको देखिएको छ ।
यसैगरी नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख ढकालले नदीजन्य सामग्रीको ठेक्का दिँदा ठेक्काको न्यूनतम रकम कायम गर्न मिलेमतो गरेको पाइएको छ । जसका कारण राजस्व चुहावट भएको ६२ लाख ९१ हजार २०४ रूपैका २२ पैसा र ठेक्का नै नभएको माटो भरौटे र बलौटे गैरकानूनी ढङ्गले उत्खनन र बिक्री गर्न दिएको कारण १८ लाख ४४ हजार १७७ रुपैयाँ ९४ पैसा चुहावट भएको अख्तियारको ठहर छ ।
साथै निश्चल ट्रेडर्स हेटौडाका प्रोप्राइटर तथा ठेकदार राजेश बछारले तत्कालीन नगर प्रमुख चौधरी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालसमेतसँग मिलेमतो गरी सम्झौताको सर्त विपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन, बिक्रीसमेत गरेको आरोपमा उनस्विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

