

वैदामका डीएसपी जोशीको सरुवा, डाक्टर कुट्ने इन्स्पेक्टर निलम्बित

पोखरा – कास्कीको वडा प्रहरी कार्यालय वैदाममा कार्यरत डीएसपी वेद जोशीको समय नपुग्दै सरुवा गरेको छ । एक उच्च प्रहरी अधिकारीका अनुसार गृह मन्त्रालयले नै जोशीलाई समय अगावै सरुवा गरिदिएको हो ।
यस्तै पोखराको मणिपाल अस्पतालमा डिउटीमा रहेका चिकित्समाथी कुटपिट गर्ने प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको छ । प्रहरी निरीक्षक श्रेष्ठलाई अनुसन्धान अवधिभरका लागि निलम्बन गरिएको जनाइएको छ ।
उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी स्रोतले जनाएको छ ।

