

साफ यू–१९ च्याम्पियनसिपः पाकिस्तान फाइनलमा

काठमाडौं — पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
पाकिस्तानले बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा भुटानलाई सडेन डेथमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि पेनाल्टीमा गएको खेलमा पेनाल्टीमा समेत बराबरी भएपछि खेल सडेन डेथबाट टुंगो लागेको थियो ।
सडेन डेथमा भुटानका खेलाडीको पेनाल्टी पाकिस्तानी गोलकिपरले राेकेका थिए । त्यसपछि पाकिस्तानी खेलाडीले गोल गर्दै टीमलाइ ६-५ काे जित सहित फाइनल पुर्याए ।
पाकिस्तानले अब भारत र नेपालबीचको विजेतासँग फाइनल खेल्नेछ ।
पाकिस्तान समूह एको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा दुवै टोलीले खासै गोलको अवसर सिर्जना गर्न सकेनन् ।
समूह चरणको खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो ।

