बैतडीमा गाडीको ठक्करबाट सशस्त्र हवल्दारको मृत्यु


कैलाली – बैतडीमा गाडीको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ३७ वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति करिब १ बजेतिर ठक्कर दिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले अहिले महरालाई ठक्कर दिने गाडीको खोजी गरिरहेको छ । ‘हामीले गाडी खोजिरहेका छौँ केही शंकास्पद गाडी नियन्त्रणमा छन् केही बेरमै ठक्कर दिने गाडी पहिचान हुन्छ’ प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया