सर्वोच्चको फैसला संविधान र लोकतन्त्रको पक्षमाः युवा नेता रिजाल


काठमाडौं – नेपाली कांग्रेस पाँचथर–काठमाडौं सम्पर्क समितिका सभापति एवम् युवा नेता निर्मल रिजालले सर्वोच्च अदालतले गरेको फैसला संविधान र लोकतन्त्रको पक्षमा रहेको बताएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद ओलीको संसद भङ्ग गर्ने निर्णयविरुद्ध दिएको फैसलामा ‘संविधानको रक्षा’ रहेको बताएका हुन् । ‘सर्वोच्च अदालतले गरेको निर्णय कांग्रेसले स्वागत गर्छ’, उनले भने, ‘सभापति शेरबहादुर देउवा र सिङ्गो केन्द्रीय कार्यसमितिले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरिसकेको छ ।’ रिजालले ओलीको संसद भङ्ग गर्ने निर्णयविरुद्ध कांग्रेसले सडकमा प्रदर्शन गरेको समेत बताएका छन् ।

कांग्रेसले सर्वोच्च अदालतले दिएको निर्णयलाई स्वीकार गरेर जाने भन्दै युवा नेता रिजालले भने, ‘संविधान र लोकतन्त्रको जित भएको छ । सर्वोच्च अदालतले एतिहासिक निर्णय गरेको छ ।’

कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई समाप्त पार्न कम्युनिस्टहरू लागेको भन्दै सम्पर्क समिति आधक्ष निर्मल रिजालले जनताले बनाएको संविधान समाप्त पार्न खोज्नेहरूको हार भएको बताए ।

‘जनताले कम्युनिस्टहरूलाई पाँच वर्षका लागि झण्डै दुईतिहाइको बहुमत दिएका थिए तर अब जनताले कम्युनिस्टलाई देखाईदिनेछन्’, रिजालले भने, ‘सर्वोच्चले कम्युनिस्टहरूको व्यक्तिगत र सत्ता स्वार्थको खेलमा संसदलाई मर्न दिएन ।’

उनले तीन वर्षभित्रै असक्षम भएका कम्युनिस्टको हर्कतलाई सर्वोच्च अदालतले परास्त गरेको बताए ।

कांग्रेसले संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेका बेला अदालतलाई सहयोग गर्ने गरेर सधैँ सहयोग गरेको उनले बताएका छन् । कांग्रेसले संसदमा विचाराधीन विषयमा बोल्न नहुनेभन्दै अदालतबाट आउने फैसलालाई मान्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया