

प्रचण्ड–नेपाल समूहले निकाल्यो विजय र्याली

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेको खुसियालीमा उपत्यकामा विजय जुलुस निकालेको छ ।
उपत्यकाका विभिन्न स्थानमा निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने जनाइएको छ ।
उक्त सभालाई नेकपाल उक्त समूहका नेताद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने जनाइएको छ । उनीहरु यसअघि बुधबार बिहान चितवनबाट काठमाडौं आएका छन् ।
जुलुसमा सहभागीले प्रायःले रातो टीका लगाएका छन् ।
संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

