डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


डडेल्धुरा – डडेलधुरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

जिल्लाको पर्शुराम नगरपालिका-४ कटालका टेकबहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ का ५२ वर्षीय करनदेब ओझा समेत गरि ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया