माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु


काठमाडौं — काठमाडौंको माछापोखरीमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

बुधबार साँझ काठमाडौं महानगरपालिका(१६ माछापोखरीस्थित सडकमा बा.२ ख ६७२९ नम्बरको बसले स्कुटरलाई ठक्कर दिएको हो। ठक्करबाट पर्वतकी ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि ग्रिनसिटी अस्पताल बसुन्धारामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको हो।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर दुर्घटनापछि स्कुटर चालक फरार भएका थिए। प्रहरीका अनुसार स्कुटरको नम्बर पनि खुलेको छैन। स्कुटर चालकलाई प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया