शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने शिक्षक महासङ्घको तयारी


काठमाडौँ – नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयले बोलाएको वार्तामा नजाने बताएको छ।

संसदमा दर्ता विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा विरोध जनाउँदै बुधबारदेखि महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ।

देशैभरका विद्यालय बन्द गरेर असोज ३ गतेदेखि शिक्षकहरू आन्दोलनमा उत्रने भएका हुन्।

आन्दोलन स्थगित गरेर वार्तामा आउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासङ्घलाई सोमबार आह्वान गरेको थियो।

शिक्षा मन्त्रालयका सहसचिव भगवान् अर्यालले विज्ञप्ति निकालेर नेपाल शिक्षक महासङ्घले उठाएका कतिपय मागहरू विधेयक पारित भएपछि तर्जुमा हुने नियमावली र सरकारको नीतिगत निर्णयबाट सम्बोधन हुने प्रकृतिका रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया