सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया