जबरजस्ती करणी आरोपमा दुई जना पक्राउ


कपिलवस्तु – जबरजस्ती करणी मुद्दामा अदालतले कैद सजाय सुनाएपछि फरार रहे‍का दुई जना पक्राउ रहेका छन्। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका-७, डेरवाका २३ वर्षीय इन्सान अली मिया फकिर र महाराजगंज नगरपालिका-११, शंकरपुरका ५० वर्षीय हानु मुसलमान भन्ने हारुन मनिहार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका ईन्साल अली मिया फकिर उपर जिल्ला अदालतबाट आव २०७६/०७७ मा जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएको छ। उनलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए।

यसैगरी पक्राउ परेका हारुन मनिहार उपर जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालतबाट २०७९ माघ ११ गते पक्राउ पुर्जी जारी भएको थियो। उनी भाग्दै लुक्दै बसेको अवस्थामा प्रहरीले उनलाई महाराजगंज नगरपालिका-३ वर्गदीबाट पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरेको छ।

प्रहरीले यसअघि विभिन्न मुद्दाहरूमा फरार रहेका ८ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नव रत्न पौडेलले बताए।

प्रतिक्रिया