

एसिया कप फाइनल : श्रीलंका ५० रनमा अलआउट

काठमाडौं – एसिया कपको फाइनलमा श्रीलंका ५० रनमा अलआउट भएको छ । कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो । हार्दिक पान्ड्याले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।
श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन श्रीलंका यस संस्करणको समेत उपाधि जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।
एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

