

नेपालमा थप ४ को मृत्यु भएसँगै कोरानाबाट ज्यान गुमाउनेको संख्या २०६५ पुग्यो

काठमाडौं – नेपालमा गत २४ घन्टामा ११० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेका छन् ।
त्यस्तै गत २४ घन्टामा नेपालमा ४ जना संक्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा कोरोनाबाट कोही पनि नेपालीको मृत्यु भएको थिएन । पछिल्लो मृत्युसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ सय २ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ ।
पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा १५३३ रहेका छन् भने ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

