एमाले सचिवालय बैठक जारी, नेम्वाङ बस्ने कुर्सीमा माला


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

पार्टी उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको निधनपछि एमालेले बैठक बोलाएको हो ।

बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।

प्रतिक्रिया