बालकुमारी पुलमुनि फोहोर फाल्ने १७ जना पक्राउ


काठमाडौं – काठमाडौ महानगरपालिकाले बालकुमारी पुलमुनि फोहोर फाल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ ।

महानगरपालिकाले वडा नं ३२ कोटेश्वर बालकुमारी तर्फ आकासेपुलमुनि राति फोहोर फाल्ने १७ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई फोहोर फालेबापत ५ हजार, २ हजार, १ हजारको दरले जरिवाना तिराएको महानगरपालिकाले जनाएकाे छ ।

महानगरले उनीहरुबाट ५० हजार ५सय जरिवाना गरेको हो ।

बालकुमारी पुलमा रातको समयमा फोहोर फाल्ने गरेको गुनासो आएपछि महानगरले निगरानी बढाएको थियो ।

प्रतिक्रिया