नेम्बाङको निधनले देशले ठूलो क्षति ब्यहोरेको छः डा. भट्टराई


काठमाडौं – नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध र मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संविधानसभा अध्यक्ष नेम्वाङको निधनले देशले ठूलो क्षति व्यहोरेको बताएका हुन् ।

उनले भने,‘आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ । मैले आत्मीय मित्र गुमाएको छु।’

उनले नेम्वाङको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन र पार्टी पंक्तिमा समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन्,‘संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनबाट स्तब्ध र मर्माहत छु। आँखामा राखेपनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति व्यहोरेको छ । मैले आत्मीय मित्र गुमाएको छु। उहाँप्रति हर्दिक श्रद्धान्जली, परिवारजन र पार्टी पंक्तिमा गहीरो समवेदना !’

हृदयघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइए पनि लैजाने बित्तिकै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । गत राष्ट्रपतिको निर्वाचनमा नेम्वाङ उम्मेदवार बनेका थिए।

प्रतिक्रिया