नेम्बाङको निधनपछि समाजवादी मोर्चाको सन्देशसभा स्थगित


कैलाली – सुदूरपश्चिम प्रदेशमा आज हुने भनिएको समाजवादी मोर्चाको सन्देशसभा स्थगित भएको छ ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि आजको कार्यक्रम स्थगित गरिएको हो ।

आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ आउने कार्यक्रम तय भएको थियो ।

श्रेष्ठ हिजै धनगढी पुगिसकेका थिए भने अन्य नेताहरू आज आउन लागेका थिए ।

नेम्वाङको हृदयाघातबाट निधन भएका कारण आजको कार्यक्रम स्थगित गरिएको जनाइएको छ । यसअघि १३ गते हुने कार्यक्रम पनि विप्लव नआउने भएपछि स्थगित गरेर आजको लागि निर्धारण गरिएको थियो ।

प्रतिक्रिया