


सुरक्षा परिषद बैठकमा विप्लव समूहको प्रतिबन्धबारे चर्चा

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषदको बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहबारे चर्चा हुने भएको छ।
चार महिनापछि बसेको परिषदको बैठकमा विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा चर्चा भएको उच्च स्रोतले जनायो। हिंसात्मक गतिविधि गरेका कारण सरकारले उक्त समूहलाई प्रतिबन्ध गरी नेता कार्यकर्ता पक्राउ गरी मुद्दा लगाउँदै आएको थियो।
सरकारसँग अनौपचारिक कुराकानीपछि वार्ताका लागि सकारात्मक भएको उक्त समूहलाई मूलधारको राजनीतिमा ल्याउनका लागि प्रतिबन्ध फुकुवाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताइन्छ।
मंगलबार मन्त्रिपरिषद बैठकमा यहि प्रस्तावको तयारी भएको बताइन्छ।

