
राजधानीका विभिन्न स्थानबाट १३ लाख बढीको धनमाल चोरी
काठमाडौं – उपत्यकाका विभिन्न स्थानमा चोरी भएको जनाइएको छ ।
काठमाडौं महानगरपालिका-७ दिर्घायु अस्पताल चाबहिल बस्ने कृष्ण गोपल कक्षपती र विमला कक्षपतीको घरमा कोही नभएको अवस्थामा सुनका गहना तथा नगद समेत गरी करिब ७ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
त्यस्तै भक्तपुरको मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका १८ वर्षीय विश्वास परियारको कोठाबाट ल्यापटप र मोबाइल गरी करिब १ लाख १० हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ ।
त्यसैगरी ललितपुरको ललितपुर महानगरपालिका-८ बालकुमारी भोल्ढोका बस्ने नबिन अवालेको घरबाट विभिन्न सुनका गहना तथा नगद ५० हजार रूपैयाँ गरी करिब ४ लाख २६ हजार ७ सय ९० रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
