
केन विलियम्सनको कप्तानीमा विश्वकपका लागि न्युजिल्यान्ड टिमको घोषणा
काठमाडाैं – न्युजिल्यान्ड क्रिकेट बोर्डले यसर्षको अक्टोवर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुने विश्वकपको लागि टिमको घोषणा गरेको छ । विश्वकप २०१९ को उपविजेता न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ।
केन आइपिएल २०२३ मा खेलको दैरान घाइते भएका थिए । घोषित टिमका अनुसार विलियम्सन र तीब्र गतिका बलर टिम साउथी दुवै चौथो विश्वकपमा सहभागी हुँदैछन्।
मार्क च्यापम्यानले टिममा स्थान पक्का गर्दा २३ वर्षीय स्पिन बलिङ अलराउन्डर रचिन रविन्द्र पनि टिममा परेका छन्।
न्युजिल्यान्डले अक्टोबर ५ मा उद्घाटन खेलमा इंग्ल्याण्डलाई हराउँदै सुखद सुरुवात गर्न चाहान्छ । उसले गत संस्करणको फाइनलको हारको बदला लिन चाहान्छ ।
टिमः
केन विलियम्सन (कप्तान) , ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिच सान्टनर, इश सोधी, टिम साउथी, विल योङ।



कागजपत्र |
