सुन तस्करी प्रकरणः सीआईबीले लियो विध ल्याबका सञ्चालकसँग बयान


काठमाडौं – साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको अ वस्थामा बरामत गरिएको ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग वयान लिएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक कुराकानी भएको देखिएपछि सीआईबीले उनीसँग सोधपुछ गरेको हो ।

प्रहरीले बोलाएपछि भण्डारीले आइतबार सीआईबीको कार्यालयमा गएका थिए । उनलाई सोधपुछ गरेर पठाएको सीआईबी स्रोतले जनाएको छ ।

भण्डारीको यसअघि विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसँग पनि पटक पटक कुराकानी भएको फेला परेको प्रहरी स्रोतको भनाइ छ ।

प्रतिक्रिया