


स्कुटर जाँच गर्दा प्रहरीमाथि हातपात गर्ने एक पक्राउ

काठमाडौं – काठमाडौंमा प्रहरीमाथि हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१०, बुद्धनगरमा बस्दै आएका सिन्धुलीको मरिन गाउँपालिका–४ का ३० वर्षीय राजकुमार घिसिङलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं–३१, शंखमूलमा तीव्र गतिमा आएको बा३७प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा घिसिङले प्रहरीप्रति अपशब्द प्रयोग गरेका थिए । वादविवादपश्चात् उनले प्रहरीमाथि नै हातपात गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

