

पहिरोबाट उछिट्टिएको ढुङ्गा लाग्दा एक किशोरको मृत्यु

धनगढी – पहिरोमा आएको डुङ्गाले लागेर एक किशोरको ज्यान गएको छ ।
केआईसिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवामा पहिरोमा खसेको ढुङ्गा लागेर जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो ।
हिजो डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडि सिटमा सवार उनको टाउँकोमा ढुङ्गा लागेको थियो ।
घाइते उनको उपचार डडेलधुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अविरल वर्षापछि पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध छ ।

