

कोशी प्रदेश सरकारले जारी गर्यो बजेटसम्बन्धी अध्यादेश

काठमाडौँ – कोशी प्रदेश सरकारले आज बजेटसम्बधी अध्यादेश जारी गरेको छ ।
पुन: मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।
सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

