वीर अस्पतालको छैटौं तलाबाट हाम्फालेर एक पुरुषले गरे आत्महत्या


काठमाडौं – वीर अस्पतालको नयाँ सर्जिकल भवनको छैटौं तलाबाट खसेर एक जनाको मृत्यु भएको छ ।

अन्दाजी ४० वर्षका मृतक पुरुषको हालसम्म पहिचान भएको छैन । उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

अस्पतालको सीसीटीभी फुटेजमा उनी आइतबार राति २ बजेतिर भवनबाट खसेको देखिएको छ ।

ती पुरुषले आफूलाई बिरामीको कुरूवा भन्दै अस्पताल प्रवेश गरी छैटौं तलामा रहेको खुला स्थानबाट हामफालेका थिए ।

प्रतिक्रिया