पल्लेकेलेमा ‘रोहित’हरुको परिक्षा !

सुपर–४ प्रवेशका लागि नेपाललाई ठूलो अन्तरसहितको जित आवश्यक, भारतलाई ‘ड्र’ काफी


काठमाडाैं – एसिया कप क्रिकेटमा आज नेपालले भारतसँग खेलेर ईतिहास बनाउँदैछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लकेले मैदानमा नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ । नेपाल र भारत दुवै टिमले एक÷एक खेल खेलिसकेका छन । पाकिस्तानबिरुद्ध नेपाल फराकिलो अन्तरले पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले रद्ध हुँदा एक–एक अंक बाँडिएको थियो ।

पाकिस्तान भने ३ अंक प्रप्त गरेर सुपर–४ मा आफ्नो स्थान पक्का गरिसकेको छ । अब आज हुने नेपाल र भारतबीचको खेलमा विजय हुने टिमले सुपर–४ मा को पुग्ने भन्ने टुंगो लाग्नेछ । केहिगरी आजको खेल वर्षाको कारण रद्द भए भारत सुपर–४ मा पुग्नेछ । आज नेपाल र भारतको खेलहुने मैदान पल्लेकेलेमा पानी पर्ने सम्भावना प्रवल रहेको छ ।

भारतविरुद्ध पनि नेपालले सुरुवातदेखी नै अनुशासित वलिङ गर्नुपर्ने देखिन्छ । त्यस्तै ब्याटिङमा नेपाली व्याटस्म्यानले भारतिय तिव्रगतिका बलरसामु समालिएर खेल्न पर्नेछ । नेपालले भारतीय वलरसामु कसरी ५० ओभरसम्म खेल्ने त्यसतर्फ बढी ध्यान दिनुपर्ने देखिन्छ । जति रन बनेपनि क्रिजमा टिकेर आफ्नो इनिङलाई कसरी लामो बनाउनु पर्नेतर्फ सोच्दा नेपाली टिमको लागी लाभदायक हुनेछ ।

नेपालले वलिङ गर्दा पनि भारतिय व्याटर सामु कमजोर वलहरु नफाल्ने आफ्नो बलिङ लाइनलाई टाइट गर्ने । नोवल, वाइड, अतिरित्त रनहरु नदिने नेपालको पहिचानको रुपमा रहेको फिल्डिङलाई चुस्त दुरुस्त बनाउन सके नेपालको खेल राम्रो हुनेछ । पाकिस्तानसँगको खेलमा नेपालले कमजोर फिल्डिङबाट करिब ३० रन एक्स्ट्रा दिएको थियो ।

नेपालले सुपर ४ मा पुग्न भारतलाई हराउनै पर्नेछ, तर भारतका लागि भने खेल रद्ध भएमा पनि सुपर–४ मा जानेछ । भारत नेपालमाथीको फराकिलो जितसहित समूह विजेताका रुपमा सुपर–४ मा प्रवेश गर्न चाहान्छ भने नेपाल भने भारतसँग उत्कृष्ट खेल खेल्दै इतिहास रच्ने दाउमा छ । भारत अहिलेसम्मका कुनै खेलमा पनि एसोसिएट राष्ट्रसँग पराजित भएको छैन । त्यसैले पनि आजको खेलमा भारतको उच्च मनोबल रहनेनैछ तर नेपालका लागि भने पराजय हुँदा खासै ठूलो असर नपर्ने र जित हात पार्दा भने ऐतिहासिक र अहिलेसम्मकै आश्चर्यजनक नतिजा हुने भएकाले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्नुबाहेक अर्को विकल्प देखिँदैन ।

नेपाले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि भारतको सिनियर टोेलीसँग पहिलोपटक खेल्दै छ । नेपालले भारतको यू–१९टिम र ‘ए’ टिमसँग भने विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गरेको छ । पछिल्लो पटक नेपालले भारतको ‘ए’ टिमसँग प्रतिस्पर्धा गरेको करिव २ महिना पनि भएको छैन । भारतको उमेर समूहको टिमसँग नेपालले सँधै संर्घष गर्ने गरेको छ भने नेपालले अहिलेसम्म एकपटक मात्र भारतीय यू–१९ टोलीलाई मलेसियामा भएको एसियाकप २०१७ मा पराजित गरको थियो ।

संयोगको कुरा के छ भने ६ वर्ष अघि उमेर समुहमा एकअर्काविरुद्ध भिडेका देसाई र द्रविड यतिवेला दुवै देशको सिनियर टोलीका प्रशिक्षक छन् ।

क्रिकेटमात्र नभई भारतसँग हरेक खेलहरुमा डू अर डाइको रुपमा खेल्ने खेलाडीहरुका लागि उनीहरुको खेल हेर्ने दर्शक र समर्थकहरुले आजको खेललाई पाकिस्तानसँगको खेल भन्दा पनि बढी महत्व दिएर हेरिरहेका छन् । भारतसँगको जुनसुकै खेल नेपाली समर्थकका लागि व्यग्र प्रतिक्षाको खेल बन्ने गर्दछ । सोही ऐतिहासिक खेलको साक्षी बस्नका लागि सयौं नेपाली समर्थकहरु श्रीलंकाको क्यान्डी पुगिसकेका छन् । दर्शकका अवला पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि श्रीलंका पुगिसकेका छन् ।

नेपालको लक्ष्ंय चाहि सम्मानजनक प्रतिस्पर्धा हो । प्रतिस्प्रर्धा एकतर्फी नहोस् भन्ने सारा नेपाली चाहान्छन । पाकिस्तनसँग खेलेको टोली भन्दा नेपाल केही उच्च मनोबलका साथ उत्रने छ । नेपालले पाकिस्तानसँग भएको कमी कमजोरीलाई सुधारेर खेल्नुपर्ने देखिन्छ ।

पाकिस्तानविरुद्धको खेलमा नेपालले सुरवातमा राम्रो बलिङ गरेको थियो । तर अन्तिम ओभरहरुमा पाकिस्तानी ब्याटसम्यान नेपाली वलर माथी हावि भए पछि पाएको विशाल लक्ष्यमा नेपाली ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । नेपालले आजको खेलमा पाकिस्तानसँगको जस्तो गल्ती नदोहोर्याएको खण्डमा पक्कै पनि तुलनात्मक खेल प्रतिस्पर्धात्मक बन्न सक्छ । नेपाली खेलाडीहरुको पहिलो लक्ष्य भनेको पहिले ब्याटिङ गरेमा जसरी पनि ५० ओभर टिक्ने र पहिले बलिङ गरेमा भारतको विश्वकै उत्कृष्ट ओपनिङ जोडीका साथै किङ कोहलीलाई सकेसम्म कम बलमै आउट गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया