

अर्घाखाँचीमा रोपाइँ जात्रा

सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४, वांगलामा रोपाइँ जात्रा पर्व मनाइएको छ। भगवान श्रीकृष्णको सम्झनामा मनाइने रोपाइँ जात्रामा धान रोपेझैँ गरी पञ्चेबाजाको तालमा नाच्ने गरिन्छ।
रोपाइँ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजागाजाका साथ असारे गीत गाउँदै र नाच्दै रमाइलो गरिन्छ। द्वापर युगमा भगवान् श्रीकृष्णको जन्म भएको खुसियालीमा यो पर्व मनाउन थालिएको किंवदन्ती भए पनि यस स्थानमा गाईजात्राको अर्को दिन मनाइने स्थानीय रामजी भट्टराईले बताए।

