कोशी सरकारविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा


विराटनगर – कोशी प्रदेश सरकारविरुद्धको अन्तिम सुनुवाइ हेर्न नमिल्ने सूचीमा राखिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ हेर्न नमिल्ने सूचीमा राखिएको हो । यसअघि प्रारम्भिक सुनुवाइमा पनि खतिवडा रहेकाले आफू पूर्णसुनुवाइमा रहेर उक्त रिट हेर्न नहुने निर्णयमा उनी पुगेका थिए ।

पूर्ण सुनुवाइको लागि आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त रिट परेको थियो ।

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।

 

प्रतिक्रिया