सशस्त्रका एसपी थपलियाको स्मृतिमा अवार्ड घोषणा


काठमाडौँ – सशस्त्र प्रहरी बलका दिवङ्गत उपरीक्षक (एसपी) सुमन थपलियाको स्मृतिमा अवार्ड घोषणा गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी सशस्त्र प्रहरीको स्थापना दिवसमा प्रदान गर्ने गरी ‘वेस्ट इन्टिग्रीटी अफिसर अवार्ड’ घोषणा गरेका हुन् ।

एसपी सुमन थपलियाको स्मृतिमा शुक्रबार पर्सा स्थित नं. १३ गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा महानिरीक्षक अर्यालले सो अवार्ड घोषणा गरेका हुन् । पेसागत दक्ष र उच्च अनुशासित एक जना अधिकृतलाई हरेक वर्ष सो अवार्ड प्रदान गरिने छ ।

स्वर्गीय थपलियाको १२ औँ दिनको स्मृति कार्यक्रममा महानिरीक्षक अर्यालले थपलियाको असामयिक निधनबाट एक कुशल र क्षमतावान् अधिकृत गुमाउनु पर्दा सङ्गठनलाई अपूरणीय क्षति पुगेको बताए ।

यसैबिच, महानिरीक्षक अर्यालसँगको भेटमा वीरगन्ज उद्योग वाणिज्य सङ्घले स्व. थपलियाको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरेको छ । पर्सा स्थित नम्बर–१३ गणका गणपति थपलियाको भदौ २ मा निधन भएको थियो ।

प्रतिक्रिया