

विप्लवको विज्ञप्तिः सरकारसँग वार्ताका लागि सकारात्मक छौं

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द विप्लव समूह सरकारसँग वार्तामा बस्न सकारात्मक बनेको छ।
महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै अग्रगामी परिवर्तनका निम्ति वार्तामा बस्न सकारात्मक भएको जनाएका छन्।
सरकारका तर्फबाट विप्लव समूहलाई वार्तामा ल्याउने पहल भइरहेको थियो। त्यसका निम्ति थुनामा रहेका सो समूहका तेस्रो वरियताका नेता धर्मेन्द्र वास्तोलासँग कुराकानी चलिरहेको थियो।
विप्लवको विज्ञप्ति प्रकाशित हुने क्रममा बिराटनगरमा गृहमन्त्री रामबहादुर थापा शान्तिपूर्ण र मूलधारको राजनीतिमा हिंसात्मक गतिविधि गर्नेलाई ल्याउन सरकार सफल भइरहेको दाबी गरिरहेका थिए।

