
मुस्ताङका गाउँपालिका अध्यक्ष पोखरामा जुवा खेल्दै गर्दा पक्राउ
पोखरा – पोखराबाट पक्राउ परेका जुवाडेको टोलीमा गाउँपालिका अध्यक्ष पनि रहेको खुलेको छ ।
बिहीबार साँझ पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ७ जना मध्ये एक जना मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन रहेको खुलेको छ ।
उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरेको वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
अध्यक्ष लालचनले आफ्नो नाम ढाँटेर मोहन थकाली भनेका थिए । पक्राउ पर्ने अन्यमा मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।
सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीको तयारी छ । उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।



कागजपत्र |
