

नारायणघाट-मुग्लिन सडकखण्ड अवरूद्ध

काठमाडौं – लगातारको वर्षापछि आएको पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ।
नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरुद्ध भएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर शाहका अनुसार पहिरो सडकमा थुपरिएको छ। अहिले पहिरो हटाउने काम भइरहेको पनि उनले बताए।
पहिरो गएपछि सवारी साधनहरू बीचमै रोकिएका छन्।

