शंखुमलको स्कुलमा पसेको भैंसी करिब ५ घन्टापछि नियन्त्रणमा


काठमाडाैं – काठमाडौंको शंखमुलस्थित ज्ञान निकेतन स्कूलमा पसेको भैँसी नियन्त्रणमा लिइएको छ ।

बुधवार बिहान झण्डै ६ बजेको समयमा भैँसी प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले भैंसी नियन्त्रणमा लिइएको जनाए । उक्त भैंसीले हानेर एउटा स्कुटरमा क्षति पुर्याएको थियो ।

वन कार्यालयका प्राविधिकले डार्ट (लठ्याउने सुई) हानेर भैँसी नियन्त्रणमा लिएका हुन् । वधशालामा काट्न लागेको भैंसी फुत्केर स्कूलमा पसेको अनुमान गरिएको छ ।

सो भैँसीलाई नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए । भैँसी पाटन क्षेत्रबाट भागेको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रतिक्रिया