

प्रधानमन्त्रीद्वारा किरातीको बुवाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्व. किरातीको आज बिहान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
श्रद्धाञ्जलीका राखिएको उनको पार्थिव शरीरमा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतका देशका उच्च पदस्थहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

