ओली भेट्न बालकोट पुगे अमेरिकी राजदूत थम्पसन


काठमाडौँ – नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसन र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न थम्पसन मंगलबार बिहान ओलीको निजी निवास बालकोट पुगेका हुन्।

राजदूत थम्पसनसँगको भेटपछि अध्यक्ष ओलीले बालकोट पेजमा भेटघाटको तस्बिर राख्दै शिष्टाचार भेटघाट भएको जनाएका छन् ।

भेटमा दुई देशबीचको सम्बन्ध तथा अन्य समसामयिक विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया