सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


काठमाडौँ  - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तैगरी, चाँदी आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया