

संसद खुलाउन राष्ट्रपतिको चासो, पहिलोपटक सर्वदलीय बैठक बोलाउँदै

काठमाडौं —संसद्को अवरोध हटाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले पहिलोपटक सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए । राष्ट्रपति पौडेलले राष्ट्रपति भइसकेपछि राजनीतिक दलका नेताहरुसँग भेटेर अहिलेको परिस्थिति बुझ्न चाहेको जनाइएको छ ।
राष्ट्रपति पौडेलले शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाउने सम्भावना रहेको छ ।
राष्ट्रपति पौडेलले हालै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेट गरी छलफल गरेका थिए ।

