नेविसंघका असन्तुष्टहरूको रिले अनशनको आज दोस्रो दिन पनि जारी


काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) को विधान सम्मत केन्द्रीय समिति विस्तार पक्षधर संघर्ष समिति सुरु गरेको रिले अनसन आज दोस्रो दिन पनि जारी रहेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेविसंघको असन्तुष्ट पक्षले सुरु गरेको रिले अनसनको आज दोसं्रो दिन निश्चल घिमिरे र दिनेश कार्की अनशन बसेका छन् ।

केही दिनअघि मात्रै नेविसंघको केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो । उक्त समिति समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले अनसन सुरु गरेको हो ।

उनीहरुले तदर्थ समिति अवैधानिक भएको आरोप समेत लगाएका छन् । उनीहरुले नेविसंघको केन्द्रीय कार्यसमिति विधानसम्मत सबैको प्रतिनिधित्व हुनेगरी समावेश गर्न माग गरेका छन् । नेविसंघलाई पूर्णता दिन पनि उनीहरुले माग गरेका छन् ।

प्रतिक्रिया