

बहराइन प्रवेशमा कडाइ, पुगेपछि थप पीसीआर अनिवार्य

काठमाडाैं – तपाईँ बहराइन यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पीसीआर परीक्षण अनिवार्य गर्नुहोस् । बहराइन यात्रा गर्ने सम्पूर्ण यात्रुका लागि बहराइन सरकारले थप दुई वटा पीसीआर अनिवार्य गरेको छ ।
यही फ्रेबु्रअरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुईवटा पीसीआर अनिवार्य गरिएको हो । यसअघि बहराइन जानेले विमानस्थलमा एक पटक, गएको पाँचौँ तथा १० दिनभन्दा बढी समय बहराइनमा बस्नेले १० औँ दिनमा पुन: पीसीआर परीक्षण गर्नुपर्ने नियम ल्याएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
यस्तै बहराइन पुगेपछि ‘बीअवेर’ नामक डिजिटल एप पनि डाउनलोड गर्न पर्नेछ भने विमानस्थलमा गरेको पीसीआरको रिपोर्ट नआउँदासम्म सेल्फ आइसोलेट भएर बस्नपर्छ । परीक्षणमा यदि कोरोना पोजेटिभ देखिएमा बहराइनकै स्वास्थ्य मन्त्रालयले तपाईँलाई सम्पर्क गर्नेछ ।

