अपडेटः टिकौलीको जंगलमा कलेज बस र शव बोकेको भ्यानसहित ८ सवारी ठोक्किए


भतरपुर – भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा ८ वटा सवारी एकापसमा ठोक्किएर दुर्घटना भएका छन् ।

जंगलको बाटोको तीव्र गतिमा रहेका सवारी एकआपसमा ठोक्किएका हुन्। अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो भ्यान, चार मोटरसाइकल र एक स्कुटर पनि दुर्घटनाग्रस्त भएका हुन्।

स्थानीयले सामाजिक सञ्जालमा राखेको तस्बिर र भिडियोमा दुर्घटना निकै भयानक देखिएको छ। दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ।

स्थानीयले घाइतेको उद्धार थालिसकेका छन्। घाइतेहरूलाई स्थानीय अस्पताल पुर्याउने क्रम जारी छ। बस तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

त्यसपछि बा. प्र.०६-००१ प ९९८१, बा.प्र.०३-००५प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१, प ४१४७ मो.सा.हरु , बा.प्र.०६-००१प २२९४ र बा.प्र.०३-००२ प ४१९८ नं.को स्कुटर सहित ८ वा सवारी साधन एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते १९ जनालाई चितवनका विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले बताएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

प्रतिक्रिया