

चोरीको एक ट्रयाक्टर काठसहित दुई जना पक्राउ

झापा – झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगर स्थित ज्यामिरे सामुदायिक वनबाट काठ चोरी निकासी गरेको आरोपमा प्रहरीले ट्र्याक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले मे.१ त.६५३८ न.को ट्र्याक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्यु फिट लोड भएको अवस्थामा फेला परेकोले नियन्त्रणमा लिएको हो ।
ट्र्याक्टर चालक जिल्ला झापा बुद्धशान्ति गाउँपालिका–४ बस्ने २४ वर्षीय सविन विश्वकर्मा र सोही ट्र्याक्टरमा सवार ३६ वर्षीय धनाहाङ लिम्बू लाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि डिभिजन वन कार्यालय भद्रपुर झापामा बुझाइएको सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

