केन्द्रीय सदस्यको नागरिकतासहित निर्वाचन आयोग जाने तयारीमा दाहाल-नेपाल समूह


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले केन्द्रिय सदस्यको नगरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेका छन् । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो ।

त्यसकालागी नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटीे बैठक बस्दैछ । पेरिसडाँडामा सुरु हुन लागेको बैठकमा पार्टीको आधिकारिकता र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकको निर्णयपछि आजै निर्वाचन आयोग जाने तयारी भएको स्थायी कमिटी सदस्य पम्फा भुषालले जानकारी दिइन् । उनका अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नागरिकता, परिचयपत्र र हस्ताक्षरसहित आधिकारिकता माग गर्दै आयोग जाने तयारी भएको हो ।

यसका लागि दिउँसो १२ बजे केन्द्रीय कमिटीका नेताहरुलाई पेरिसडाँडा बोलाइएको छ । प्रतिनिधि सभा विघटनपछि दुई समूहमा विभाजित नेकपा दाहाल-नेपाल र ओली समूह आफूलाई आधिकारिक दाबी गर्दै आएका छन् । तर निर्वाचन आयोगले भने दुवै समूहलाई मान्यता दिएको छैन् ।

प्रतिक्रिया