काभ्रे अटोमेकानिकल्स व्यवसायी संघको दोस्रो अधिवेशन सम्पन्न


काभ्रे – काभ्रे अटोमेकानिकल्स व्यवसायी संघ काभ्रेको दोस्रो अधिवेशन तथा अभिनन्दन कार्यक्रम बनेपामा सम्पन्न भएको छ ।

प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अटोमेकानिकल्स ब्यवसायीहरु बीचको एकता, मूल्यमा एकरुपता, सिप तथा गुणस्तरीयता कायम गर्ने विषयमा छलफल भएको थियो ।

अध्यक्ष दिननाथ तिमल्सिनाले संघले गरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने अटोमेकानिकल्स व्यवसाय संचालन गरिरहँदा भोगिरहेका समस्याका बारेमा छलफल गर्दै ब्यवसायीहरुलाई सहजीकरण र समन्वयका लागि उद्योग वाणिज्य महासंघले समन्वय गर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले बताए ।

विभिन्न मुलुकबाट भित्रिएका मोटर पार्टसमा हुने समस्या र त्यसबाट अटोमेकानिकल्स ब्यवसायीहरुले भोगिरहेका विभिन्न अफठ्याराहरुलाई सहज गर्ने वैद्यको भनाई थियो ।

कार्यक्रममा नेपाल अटोमेकानिकल्स व्यवसायी महासंघका निवर्तमान अध्यक्ष ठाकुर न्यौपानेले देशभर भएका व्यवसायीहरूका समस्या र त्यसका लागि महासंघले खेलेको भूमिका बारेमा जानकारी गराएका थिए ।

अधिवेशनमा लामो समय देखि ब्यवसायमा संलग्न देवेन्द्र शर्मा र बद्री नेपाललाई नगद ५ हजार, दोसल्ला सहित सम्मान गरिएको थियो । अधिबेशनको बन्द सत्रले सानुकान्छा त्वयनाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्ष दिनेश श्रेष्ठ, महासचिव निरोज शाक्य, सचिव विक्रम रजित, कोषाध्यक्ष इमरान अन्सारी रहेका छन् । सदस्यहरुमा शक्ति कर्माचार्य, राजेश श्रेष्ठ, अष्टकुमार रञ्जित, रोजिना श्रेष्ठ, सुलोचना भोक्षिभोया, अनु शाक्य, अनिल श्रेष्ठ, आफतब आलम, अनिल शाह, अजयकुमार शाह, राजकन तामाङ, अनिल विश्वकर्मा, उमेश मानन्धर, इन्द्र मगर, रमेश घिमिरे, मोहम्मद अन्सारी लगायत छन् ।

प्रतिक्रिया